• Wednesday 7th of October 2026

व्यापारीले ३० प्रतिशत कमिशन मागेपछि महावीर आफैँ किताब बेच्न सडकमा निस्किए


  • धनकुटा खबर
  • .

काठमाडौं : व्यापारीले ३० प्रतिशत कमिसन मागेपछि वैज्ञानिक एवं सामाजिक अभियन्ता महावीर पुनले आफ्नो आत्मकथा पुस्तक आफैले बेच्न सडकमा निस्किएका छन्। उनले अहिले विभिन्न ठाउँमा बसेर विज्ञापन गर्दै किताब बेचिरहेका छन्।

उनलाई थुप्रै युवाहरूले साथ दिएका छन्। उनले राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशन गरेको उक्त पुस्तक बिरगञ्जको कृषि औजार केन्द्र कारखाना सञ्चालन गर्न सहयोगार्थ भन्दै किताब किनेर सहयोग गर्न अपिल गरेका छन्।

उनले विज्ञापन गर्दै भन्छन्,‘आउनुहोस् किताब आयो, महाबिर पुनको जीवन कथाको किताब आयो, राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशन गरेको किताब विरगञ्जको कृषि औजार केन्द्रको कारखानालाई सञ्चालन गर्नको लागि सहयोगार्थ किताब आयो किन्नुहोस, किन्नुहोस।’ -थाहाखबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖