• Tuesday 6th of October 2026

हङकङविरुद्ध कुशल मल्लको अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० श्रृखलाअन्तर्गत हङकङविरुद्धको खेलमा कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् ।

नेपालले खराब सुरुआत गरेका बेला पाँचौ नम्बरमा आएका मल्लले ३० बलमा ५ छक्का र २ चौका मद्दतमा ५४ रन बनाएर खेलिरहेका छन् ।

यसअघि नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाएको थियो । त्यसपछि मल्ल र दीपेन्द्रले नेपालको इनिङ सम्हाल्दै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖