• Wednesday 7th of October 2026

नागा बाबाको शरीरमाथि उमारियो जमरा


  • धनकुटा खबर
  • .

रौतहट । रौतहटको कटहरिया बजारस्थित बौधिमाताको मन्दिर छेउमा घटस्थापनाको अवसर पारेर निराहार ब्रत बसेका नागा बाबाको शरीरमाथि जमरा उमारिएको छ। विधिवत् रूपमा ब्राहमणद्वारा पूजा गरेर गत असोज २८ गते दिउँसो नागाबाबा कटहरिया स्थित मन्दिर छेउमा खनिएको खाडलमा ब्रत बसेका हुन्।

बाबा सोही दिनदेखि पानीसमेत नखाएर त्यही खाडलमा निराहार बसेका छन्। उनको जिउमाथि माटो हालेर त्यसमाथि राखिएको जौ अहिले जमराको रूपमा उम्रिसकेको छ। एकसाता अघि बाबा सुतेको खाडल माथि काठको फ्लैकहरु राखेर त्यसमाथि माटो हालेर राखिएको जौ अहिले जमराको रूप लिएको हो।

लगातार १० दिनसम्म निराहार एक ठाउँमा सुनिरहनु निकै कठिन तपस्या भएको स्थानीयहरुले बताएका छन्। जमरा उमार्दै दशमीको दिन प्रसादको रूपमा बितरण गरेपछि मात्र बाबा खाडल बाहिर निस्कने उनको रेखदेखमा रहेका प्रेमलाल ठाकुरले बताए । नागाबाबा समाधि बसेर जिउमाथि जमरा उमारेको यो २५ औं पटक भएको पनि उनले बताए ।

यसैबीच बाबाको अवस्थाबारे ईलाका प्रहरी कार्यालय कटहरियाले निगरानी गरिरहेको दुर्गा पूजा समिति कटहरियाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖