• Wednesday 7th of October 2026

दसैंमा कुखुरा मासुको परिकार खाने हो? यसरी बनाउनुहोस् ‘चिकेन क्रिस्पी’


  • धनकुटा खबर
  • .

दसैंमा खसीको मासु खाने चलन रहे पनि कतिपयलाई मन पर्दैन। खसीको मासु मन नपर्ने खान नहुनेको रोजाइमा माछा वा कुखुराको मासु पर्न सक्छ।

घरमा कुखुराको मासु ल्याए पनि विभिन्न स्वादिला परिकार बनाएर खान पकाउने विधि थाहा हुनुपर्छ। कुखुराको मासु मन पराउनेका लागि चिकेन क्रिस्पी स्वादिलो परिकार बन्न सक्छ।

चाहिने सामानः
४ चम्चा तेल
४ चम्चा गहुँको पिठो
२० मिली दूध
१ सय १५ ग्राम पाकेको चिकेन
५५ ग्राम ह्वाइट ब्रेड (सेतो पाउरोटी)
केही मात्रा काटेको हरियो धनियाँ

अब सबै सामान तयार भएपछि प्यानमा तेल राखेर मन्द आगोमा तताउनुहोस्। तेल तातेपछि केही मात्रामा पिठो राखेर राम्रोसँग चलाउनुहोस्।
एक मिनेटसम्म पकाएपछि प्यान निकालेर दूध मिसाइ फेरि चलाउनुहोस्।
उक्त मिश्रणलाई राम्रोसँग चलाउँदै मन्द आगोमा पकाएर निकालेपछि त्यसमा पाकेको चिकेन राखेर राम्रोसँग मोल्नुपर्छ।

यसपछि नुन, धनियाँ र मरिचको धूलो राख्नुहोस् र चिसो हुन दिनुहोस्। चिकेन क्रिस्पी तयार भयो।

अब एउटा भाँडामा अण्डा राख्नुहोस्। यो फुटाएको अण्डा राम्रोसँग फिट्नुहोस्। यसमा अब ह्वाइट ब्रेड (सेतो पाउरोटी) राख्नुहोस् र सबैतिर अण्डा लागिसकेपछि प्यानमा तेल राखेर पकाउनुहोस्।

यसलाई ५ देखि १० मिनेटसम्म पकाउनु पर्छ।
यसरी तयार भएको ब्रेडलाई चिकेन क्रिस्पीसँग मिसाएर खाँदा झनै स्वादिलो हुन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖