• Wednesday 7th of October 2026

रुसी सेनामा भर्ना भएका नेपाली युवा सन्दीपको मृत्यु, शव नेपाल ल्याउन चाहन्छ परिवार


  • धनकुटा खबर
  • .

काठमाडौं । रुसी सेनामा भर्ना भएका सन्दीप थपलियाको मृत्यु भएको छ। रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्धको लडाइमा संलग्न भएका उनी युक्रेनी सेनाको ट्र्यापमा परेका थिए।

उनले नेपालमा रहेको बहिनीलाई फोन गरेर आफूलाई जङ्गलतिर लिएर गइरहेको जानकारी गराएका थिए। त्यसपछि उनी सम्पर्कमा आएनन्। जुलाई १४ मा रसीयाबाट उनको मृत्यु भएर शव गाडेको सन्देश आएको द न्युयोर्क टाइम्समा प्रकाशित समाचारमा उल्लेख छ।

विद्यार्थी भिसामा रुस पुगेका उनी स्पेन जाने तयारीकै क्रममा रुसको सरकारले एक वर्ष रुसमा बसेकाहरू रुसी सेनामा भर्ना भए रुसी नागरिकता दिने योजना ल्याएपछि उनी रुसी सेनामा भर्ना भएका थिए। नेपाल सरकारले युद्धग्रस्त मुलुकमा गएर त्यहाँको सेनामा भर्ना नहुन आग्रह गरे पनि अन्य नेपाली युवाहरू समेत रुसी सेनामा भर्ना भएको सार्वजनिक भइसकेको छ।

रुसी अधिकारीबाट सन्दीप परिवारलाई आएको सन्देशमा उनको शव गाडिएको उल्लेख छ। सन्दीपको परिवार भने उनको शव नेपाल ल्याएर हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गर्न चाहन्छ। यसबारे उनीहरूले पहल पनि गरेका थिए। तर रुसको मस्कोमा रहेको नेपाली अधिकारीले भने रुसी सेनाले अनुमति नदिने जवाफ दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖