• Saturday 28th of November 2026

भूकम्पले धादिङमा यसरी गयो पहिरो


  • धनकुटा खबर
  • .

आइतबार बिहान ७ः३९ बजे धादिङ, ज्वालामुखी गाउँपालिका-५ केन्द्रविन्दु गरी भूकम्प गएको छ।

खरी आसपासका क्षेत्रमा ठूलो कम्पन महसुस गरिएको गाउँपालिका उपाध्यक्ष धनबहादुर अर्यालले जानकारी दिए।

‘६.१ म्याग्निम्युडको भनेर आइरहेको छ। तर, हामीले त्योभन्दा ठूलो कम्पन महसुस गर्‍यौं,’ गाउँपालिका उपाध्यक्ष अर्यालले सेतोपाटीसँग भने, ‘भूकम्पका कारण बूढीगण्डकीको तटीय क्षेत्रमा जमिनमा चिरा परेको विवरण आइरहेको छ।’

उनले माटाका ढिस्काहरू भत्कनेबाहेक घरहरूमा क्षति पुरेको विवरण प्राप्त नगरेको बताए। त्यस्तै जनधनको क्षतिको विवरण पनि आफूले प्राप्त नगरेको जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖