• Monday 5th of October 2026

तीन दिनमा कति कमायो विजय थल्लपतीको ‘लियो’ ले?


  • धनकुटा खबर
  • .

दक्षिण भारतका सुपरहिट अभिनेता विजय थल्लपतीको बहुप्रतीक्षित फिल्म ‘लियो’ ले जम्मा तीन दिनमा १४० करोड भारूभन्दा बढीको कारोबार गरेको छ।

भारतबाहेक अन्तर्राष्ट्रिय कारोबारसमेत जोड्दा यो फिल्मले अहिलेसम्म २०० करोडको कमाइ गरिसकेको छ।

लोकेश कनागराज निर्देशित यो फिल्म अक्टोबर १९ मा रिलिज भएको हो।

यसले पहिलो दिन नै करिब ६५ करोड भारूको कारोबार गरेको थियो। दोस्रो दिनको कारोबार भने लगभग आधा घटेर ३५.२५ करोडमा सीमित हुन पुग्यो।

फिल्मले तेस्रो दिन फेरि आफ्नो सफलताको झन्डा गाडेको छ। यसको तेस्रो दिनको कारोबार करिब ४० करोड भारू रह्यो, जुन अघिल्लो दिनको तुलनामा १० प्रतिशत बढी हो। चौथो दिन आइतबार फिल्मको कमाइ अझ बढ्ने र भारतभित्र मात्र करिब २०० करोडको आँकडा छुने अपेक्षा गरिएको छ।

फिल्ममा विजय थल्लपतीका अतिरिक्त सञ्जय दत्त, अर्जुन, तृसा, मेडोना सेबास्टियन लगायतको मुख्य भूमिका छ।

यो फिल्मले समीक्षकहरूबाट पनि राम्रो प्रशंसा बटुलिरहेको छ। यसको कथा, प्रस्तुति, कलाकारहरूको अभिनय र छायांकनको सबैले तारिफ गरेका छन्।

तमिल एक्सन थ्रिलर ‘लियो’ हिन्दी भाषामा पनि प्रदर्शन गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖