• Wednesday 7th of October 2026

भक्तपुरमा गाडीको ठक्करबाट बालिकाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौ । भक्तपुरमा गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको छ।

मध्यपुरठिमी नगरपालिका-७ कमेरेटारस्थित सडकमा बा.२० च ३०३१ नम्बरको गाडीको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको हो।
भारत मोतिहारी घर भई सोही नगरपालिका-७ कमेरेटार डेरा गरी बस्ने गुड्डुलाल साहकी छोरी ४ वर्षीया आदितीको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

डेरा अगाडि खेलिरहेको अवस्थामा उक्त गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖