• Wednesday 7th of October 2026

मुम्बईको एक भवनमा आगलागी, दुई जनाको मृत्यु


  • धनकुटा खबर
  • .

मुम्बई । मुम्बईको कांदिवली क्षेत्रमा रहेको एक भवनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । कांदिवलीको महावीर नगरको पवनधाम वीणा सन्तूर भवनमा आगलागी भएको हो ।

आगलागीमा परी अन्य तीन जना घाइते भएको समेत जानकारी प्राप्त भएको छ । समाचार एजेन्सी एएनआईले भवनमा लागेको आगोको भिडियो पनि शेयर गरेको छ ।

बीएमसीलाई उद्धृत गर्दै एएनआईले आगलागीमा दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । सोमबार दिउँसो १२.२७ बजे आगलागी भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖