काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा नेपाल र यूएई भिडिरहेका छन् । यो समाचार लेख्दासम्म नेपालले २३ ओभरमा दुई विकेट गुमाउँदै ११ रन बनाएको छ ।
नेपालका लागि कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले अर्धशतक पूरा गरे । उनीहरूबीच शतकीय साझेदारी भइसकेको छ । खराब सुरुवात गर्दै दुई विकेट छिट्टै गुमाएको नेपाललाई देव र अर्जुनले सम्हालेका हुन् ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १४ रनमै दुई विकेट गुमाएका थियो । ओपनर दीपक बोहरा ५ रन र आकाश त्रिपाठी शून्यमा आउट भए । त्यसपछि देव र अर्जुनको साझेदारीले नेपाललाई बलियो स्थितिमा पुर्याएको हो ।
