• Monday 5th of October 2026

२ महिनादेखि सार्वजनिक रूपमा नदेखिएका चिनियाँ रक्षामन्त्री बर्खास्त


  • धनकुटा खबर
  • .

बेइजिङ । दुई महिनाबाट सार्वजनिकरूपमा नदेखिएका चिनियाँ रक्षामन्त्री जनरल लि साङ्फु बर्खास्त भएका छन् ।

बर्खास्तीको कारण भने खुलाइएको छैन । चिनियाँ सरकारी च्यानल सीसीटीभीले बर्खास्तीको समाचार सार्वजनिक गरेको छ । लि विगत दुई महिनादेखि नै सार्वजनिक जीवनमा देखिएका छैनन् । उनी कारबाहीमा परेको पश्चिमा सञ्चारमाध्यमले लेखेका थिए ।

तीन महिनामा चीनमा दुई मन्त्री बर्खास्तमा परेका हुन । गत जुलाईमा तत्कालीन विदेशमन्त्री छिङ काङ बर्खास्तीमा परेका थिए । आजै चिनियाँ संसद राष्ट्रिय जनकंग्रेसका दुवैको स्टेट काउन्सिलर पद पनि खारेज गर्ने निणय गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖