• Monday 5th of October 2026

यस्तो देखियो सेलिब्रेटीकाे टीका


  • धनकुटा खबर
  • .

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएसँगै घरबाहिरका मान्यजनका टीका एवं आशीर्वाद थापिएको छ । दसैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइएको हो ।

आज दिउँसोपछि सेलिब्रेटीहरुले पनि आफ्ना अग्रजबाट टीका ग्रहण गरेका छन् । आज धेरैले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतमा टीका लगाएका थिए । आजदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइन्छ ।

आज टीका प्रसाद ग्रहण गर्न समितिले बिहान ११ : ०२ बजेको साइत निकालेको थियो । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖