• Thursday 8th of October 2026

दुर्घटनामा परेका मनाङ एयरका पाइलट सेढाईंको मृत्यु


  • धनकुटा खबर
  • .

गत असोज २७ गते दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको मृत्यु भएको छ।

उनले चलाएको हेलिकोप्टर गत शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो।

नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको मंगलबार निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् बताएको छ।
दुर्घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन गएको मनाङ एयरको हेलिकप्टर शनिबार बिहान ७ बजेर १३ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖