• Monday 5th of October 2026

“मिस पबि” को आज जन्मदिन


  • धनकुटा खबर
  • .

डडेलधुरा । डडेलधुराकी पवित्रा साकीले केही बर्ष अघिको वैशाखमा घटालथान मन्दिरमा लागेको मेला हेर्न जाँदा आउँदा महसुस गरेको थकान सामाजिक सञ्जाल टिकटकमार्फत् सेअर गरिन्।

टिकटकमा उनले पोस्ट गरेको पहिलो भिडिओ जम्मा २० सेकेन्ड लामो थियो। तर दुई दिनमै उक्त भिडिओ झन्डै तीन लाख मानिसले हेरे। कारण थियो सुदूरपश्चिम प्रदेशमा प्रयोग हुने बोलीचालीको डोटेली भाषाको प्रयोग।

हिँड्दा हिँड्दा मेरा खट्टा थागिगाः भिडिओमा उनले भनेकी थिइन्। ख्याल ख्यालमै डोटेली भाषामा बनाइएको टिकटक भिडिओ एकाएक भाइरल हुन पुगेपछि उनले झन् धेरै टिकटक भिडिओ बनाउन थालिन्। बिस्तारै उनको चर्चा अनि ख्याति पनि बढ्दै गयो र डडेलधुराकी पवित्रा साकी मिस पबी भनेर चिनिन थालिन्।

बिस्तारै उनको चर्चा चुलिन थाल्यो। यति सम्मकी हाल उनले म्युजिक भिडिओ, धारावाहिक शृङ्खलादेखि विज्ञापन सम्ममा अभिनय गर्न थालेकी छन्। आफ्नै गाउँ ठाउँमा बोलिने भाषा धेरैले रुचाउँदा आफूलाई अघि बढ्न हौसला मिलेको उनी बताउँछिन्।

उनै पबी मिस अर्थात पवित्रा साकीको आज जन्मदिन परेको छ । उनको जन्मदिनलाईपनि फ्यानहरुले भव्य बनाइरहेका छन् । हरेक सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖