• Monday 5th of October 2026

श्रद्धा कपुर र पूजा हेगडेले किने झन्डै ५ करोड भारूको कार


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री श्रद्धा कपुर र पूजा हेगडेले नयाँ गाडी किनेका छन्।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार श्रद्धा कपुरले दशहराको अवसरमा झन्डै पाँच करोड भारू पर्ने गाडी किनेकी हुन्।

उनले चार करोड ८० लाख भारू पर्ने ल्यामबोर्गिनी हुराक्यान टेक्निका किनेकी हिन्दुस्तान टाइम्सले लेखेको छ।

त्यस्तै पूजा हेगडेले पनि यही रकम बराबरको रेन्ज रोभर एसभी किनेकी छन्।

ल्यामबोर्गिनी मुम्बईकी पूजा चौधरीले श्रद्धा कपुर र उनको नयाँ रातो रङको ल्यामबोर्गिनीसँगको फोटो सामाजिक सञ्जालमा राखेकी छन्।

उनले लेखेकी छन्, ‘आज मेरा लागि विशेष दिन हो। एकदमै प्रतिभावान् श्रद्धा कपुरका लागि हामी हुराक्यान टेक्निका डेलिभरी गर्ने तयारीमा छौं। यो कम्पनी निर्माण गर्दा मैले धेरै अनुभवहरू सँगालेकी छु। त्यसमध्ये एक विशिष्ट महिलाका लागि ल्यामबोर्गिनी बेच्न पाउनु एकदमै अविस्मरणीय क्षण हो।’

चौधरीले श्रद्धा कपुरको यात्रालाई प्रेरक भन्दै थपेकी छन्, ‘एउटा सुपरकार भनेको कार मात्र होइन, यो भनेको सबै बाधाहरू तोडेर, निडर भएर आफ्नो सपना पछ्याउनु पनि हो। यस्तो हासिल गरेको महिलाका लागि यो कारको चाबी हस्तान्तरण गर्दा मलाई एकदमै धेरै गर्व लाग्छ। म सबै केटीहरूलाई भन्न चाहन्छु, श्रद्धाको यात्राले तपाईंहरूलाई तारासम्म पुग्नका लागि प्रेरित गरोस्।’

पूजा हेगडे भने दशहराको अवसरमा आफ्नो नयाँ रेन्ज रोभर एसभीमा ड्राइभमा निस्किएकी थिइन्।

दशहराकै अवसरमा उनको नयाँ फिल्म ‘देवा’ पनि घोषणा भएको छ।

फिल्ममा उनीसँगै शाहिद कपुरको मुख्य भूमिका छ। यसको पोस्टर सार्वजनिक भइसकेको छ भने फिल्म आगामी दशहरामा रिलिज हुने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖