• Thursday 8th of October 2026

भोजपुरमा किशोरीको बलात्कार आरोपमा एकजना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । भोजपुरमा बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साल्पासिलिछो गाउँपालिका–६, सालेवाका ५० वर्षीय कमल दर्जी छन् ।

१७ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा मंगलबार (हिजो) बेलुका उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनले ती किशोरीको बलात्कार गरेको उजुरीपछि प्रहरी टोली खटिएको थियो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖