• Thursday 8th of October 2026

३१ अक्टोबरसम्म मोबाइल इन्टरनेट सेवा बन्द


  • धनकुटा खबर
  • .

भारतकाे मणिपुर सरकारले राज्यमा मोबाइल इन्टरनेटमाथिको प्रतिबन्ध अक्टोबर ३१ सम्म लम्ब्याएको छ । यो कदम मुख्यमन्त्री एन वीरेन सिंहको बयानपछि आएको हो जसमा उनले सरकारले केही दिनमा प्रतिबन्ध फिर्ता लिने बताएका थिए।

एक सरकारी सूचना अनुसार “केही असमाजिक तत्वहरूले सामाजिक सञ्जाललाई व्यापक रूपमा छविहरू, घृणायुक्त भाषणहरू र जनभावना भड्काउने भिडियोहरू फैलाउन व्यापक रूपमा प्रयोग गर्न सक्ने आशंकाका कारण प्रतिबन्ध लम्बाइएको हो।” मणिपुरमा मे ४ देखि लगातार हिंसा भईरहेको छ ।

राज्यमा बसोबास गर्ने कुकी र मेइती समुदायबीच पाँच महिनादेखि चलेको हिंसाका बीच इन्टरनेट सेवा ठप्प छ। बीचमा केही दिन इन्टरनेट सेवा सुचारु भएको थियो तर प्रतिबन्ध फुकुवा भएपछि फेरि हिंसा चर्कियो । यसैलाई ध्यानमा राख्दै प्रदेश सरकारले फेरि इन्टरनेट सेवा बन्द गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖