• Thursday 8th of October 2026

अस्ताए सबैका प्यारा काजी मामा…!


  • धनकुटा खबर
  • .

बेलबारी । दशैको रमझममा सबै रमाईरहेका बेला शनिबार एकाबिहानै आएको एउटा दुःखद खबरले बेलबारीबासीहरुलाई स्तब्ध बनायो । सुन्दा अपत्यारिलो लाग्ने सो खबर परालको आगोझै एकैछिनमा सामाजिक सञ्जालमा फैलियो ।

थुप्रै साथीभाई र शुभचिन्तकहरुको जिज्ञासापछि सो खबर पुष्टि भएपछि समाचार प्रकाशित भयो । बेलबारी १ मा लामो समयदेखि फेन्सी स्टोर सञ्चालन गर्दै आएका सबैका ( प्यारा मामा ) अर्थात बेलबारीका सफल ब्यबसायी काजी पोडेलको शनिबार राति ह्रदयघातका कारण भएको असामयिक निधनको खबरले उनका ग्राहक,शुभचिन्तक लगायत उनका साथीभाई मात्र नभएर उनलाई चिनजानेका बेलबारी र आसपासका मानिसहरु स्तब्ध भए ।

कोहीसँग कहिल्यै नरिसाउने,सबै सँग उस्तै ब्यबहार गर्ने र उनकोमा पुगेको ग्राहक कहिल्यै खाली हात फर्कनुनपर्ने कारण नै उनी सबैका प्रिय थिए । युवापुस्ता त अझ उनीप्रति नतमस्तक नै थिए । युवापुस्ता जति सबै उनका भाञ्जाभान्जी सरह थिए । उनले चिनेपनि,नचिनेपनि उनले मुसुक्क मुस्कुराएर भाञ्जा वा भान्जी भनेपछि उनको फेन्सी स्टोरमा पुगेका ग्राहक कहिल्यै खाली हात फर्किदैन थिए ।

२ दशक बढी समयदेखि काजी फेन्सीि स्टोर सञ्चालन गर्दै आएका बेलबारी १ का काजी पौडेलको शनिबार राति निधन भयो । मानिस कति लोकप्रिय छ भन्ने उसको मलामी हेरेपुग्छ भन्ने पुरानो युत्ति शनिबार मध्यान्ह उनको अन्तिम संस्कारमा लोहन्द्रा खोालामा भेला भएका मलामीले समेत पुष्टि गरेको छ । उनको अन्तिम संस्कारमा बेलबारी र आसपासका हजारौँ मानिसहरुको उपस्थिति रहेको थियो । सबैको प्रिय बनेर अल्पायुमै निधन भएका पौडेलको मृतआत्माको चिरशान्तिको कामना ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖