• Thursday 8th of October 2026

एक शिशुको शव फेला


  • धनकुटा खबर
  • .

डोटी । डोटीमा एक शिशुको शव फेला परेको छ । शिखर नगरपालिका–६ तिलतालीस्थित सेती नदीमा शिशुको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बिहीबार साँझ ५ बजेतिर वेवारिसे अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम बिष्टले बताए ।

८/९ महिनाको जस्तो देखिने शिशुको शव फेला परेको उनले बताए । शव जिल्ला अस्पताल डोटीमा राखिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖