• Thursday 8th of October 2026

मुगु सामूहिक हत्या : श्रीमान घर पुगेपछि पोस्टमर्टमका लागि लगियो श्रीदेवीको शव


  • धनकुटा खबर
  • .

मुगु । छोराछोरीसहित मृत भेटिएकी श्रीदेवी बोहोराका श्रीमान दीपक बोहोरा कतारबाट घर आएका छन्।

कतारबाट शुक्रबार साँझ उडेका उनी ताल्चा विमानस्थल हुँदैशनिबार बिहान घर पुगेका हुन्। उनी वैदेशिक रोजगारीका लागि गत वर्ष मंसिरमा कतार गएका थिए।

त्यसअघि पनि कतारमै रहेको दीपक गत वर्ष बिदामा घर आएर फर्किएका हुन्। श्रीमान घर पुगेपछि मुचुल्का गरेर प्रहरीले शवहरू पोस्टमर्टमका लागि सदरमुकामस्थित जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

शुक्रबार बिहान श्रीदेवी, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र १ वर्षका छोरा रहर मृत भेटिएका थिए। उनीहरूको घरभित्रै शव फेला परेको थियो।

धारिलो हतियार प्रयोग गरी उनीहरूको हत्या गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ। दसैंका दिन श्रीदेवी तीन जना छोराछोरीसहित टीका थाप्न माइती गाउँ कोटिल्ला गएकी थिइन्।

कोटिल्लाबाट ८ गते बेलुका घर फर्किएका उनीहरूको सोही राति हत्या भएको आशंका गरिएको छ। ९ गते बिहानदेखि १० गते बिहानसम्म घरबाहिरबाट ताल्चा लगाएको देपछि स्थानीयले ढोका फोडेर हेरेका थिए।

उनीहरू मृत भेटिएपछि स्थानीयले नै प्रहरीलाई शनिबार बिहान खबर गरेका थिए। प्रहरीले घटना शंकास्पद देखिएपछि विस्तृत अनुसन्धानका लागि थप टोली परिचालन गरेको छ। शनिबार कुकुरसहितको विशेष टोली घटनास्थल गएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖