• Thursday 8th of October 2026

यी रहेछन् दुर्घटनामा ज्यान गुमाएका प्रहरी जवान


  • धनकुटा खबर
  • .

बारा ।बारामा मोटरसाइकल दुर्घटनामा परि एक प्रहरी जवानको मुत्यु भएको छ ।

शनिवार बिहान ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा कञ्चनपुरको महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका–११ का प्रहरी जवान आकाश सुनारको मृत्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत रहेका थिए ।

निजगढ नगरपालिका–८ बाट जितपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा सुनारको मोटरसाइकल दुर्घटना भएको हो ।

टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा ज्यान गएको नेपाल प्रहरीले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖