• Thursday 8th of October 2026

शान्ति सेनामा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते


  • धनकुटा खबर
  • .

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटिएका एकजना नेपाली सैनिक इजरायलसँगको सीमावर्ती दक्षिणी लेबनानमा गोली लागेर घाइते भएका छन्।

घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन। दक्षिणी लेबनानमा संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा खटिएका ती नेपाली शान्ति सैनिक घाइते भएका हुन्।

त्यस क्षेत्रमा हिज्बुल्लाह सक्रिय छ। इरान समर्थित उक्त सिया इस्लामिस्ट राजनीतिक पार्टी तथा अर्धसैनिक संगठन-इजरायलबीच ७ अक्टोबरयता कैयनपटक रकेट हानाहाना भएको छ।

त्यहाँ विकसित हुन सक्ने तनावलाई लिएर अमेरिकासहितका पश्चिमा देशहरूले आफ्ना नागरिकलाई देश छाड्न भनिसकेका छन्।

त्यहाँ झण्डै १० हजार नेपाली श्रमिकहरू समेत काम गर्छन्। संयुक्त राष्ट्र संघको अन्तरिम बल, लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एकजना नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिएका छन्।

लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्था नेशनल न्यूज एजेन्सी (एनएनए) ले पनि नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको जनाएको छ।

गाजा क्षेत्रमा इजरायल र हमासबीच तनाव चलिरहेका बेला इजरायलसँगै सीमा जोडिएको लेबनानमा यो घटना भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖