• Thursday 8th of October 2026

बम विस्फोट, एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

एजेन्सी । भारतीय राज्य केरलको कोची सहरमा भएको श्रृखलावद्ध बम विस्फोटमा एक जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् ।

जमरा इन्टरनेशनल कन्भेन्सन सेन्टरमा तीन दिनदेखि इसाय समुदाय येहोवा विटनेसको कार्यक्रम चलिरहेको थियो ।

हजारभन्दा बढी मानिस सहभागी कार्यक्रम चलिरहेको बेला विस्फोट भएपछि भागदौड मच्चिएको थियो ।

घाइतेहरुको कलामेसरी मेडिकल कलेजमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

केरलका मुख्यमन्त्री पी विजयनले यो घटनालाई गम्भिरतापूर्वक लिएर छानबिन गर्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖