• Thursday 8th of October 2026

शान्तिस्तुप जाँदै गरेको बस दुर्घटनामा ३५ घाईते


  • धनकुटा खबर
  • .

पोखराको पुम्दीभुम्दीमा बस दुर्घटना हुँदा ३५ जना घाईते भएका छन्। पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट पोखरा–२२ शान्तिस्तुपतर्फ जाँदै गरेको बस घैयाखेत भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो।

घाईते मध्ये सातजनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज तथा प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए। घाईतेलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतका अस्पतालमा लगिएको उनले बताए।

पोखरा यातायात प्रालिको सो बस शान्ति स्तुपा हुँदै महादेव मन्दिरसम्म चल्ने बस हो। दुर्घटनास्थल उकालो ठाउँमा रहेको छ। बस सडकबाट १० मिटर तल खसेको अवस्थामा उद्धार गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।-सन्देश श्रेष्ठ/नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖