• Monday 5th of October 2026

एउटै फ्रेममा सलमान र रोनाल्डो


  • धनकुटा खबर
  • .

रियाद । बलिउड अभिनेता सलमान खानको एउटा भिडियो भाइरल भएको छ । यो भिडियोमा यिनी चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिगेजको साथमा बसेर बक्सिङ म्याच हेरिरहेको देखिन्छन् ।

सलमान हालै साउदी अरबको राजधानी रियाद गएका थिए । यहाँ उनले टाईसन फ्युरी र फ्रान्सिस नगनोबीचको बक्सिङ म्याच हेरे । यही बेलाको उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा सलमान भीभीआईपी सिटमा बसेर म्याच हेरिरहेका छन् ।

उनीसँगैको सिटमा रोनाल्डो र जर्जिना छन् । यसलाई सलमानका फ्यानहरूले ‘ग्रेटेष्ट क्रसओभर अफ अल टाइम’ भनिरहेका छन्

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖