• Thursday 8th of October 2026

एकै परिवारका ४ जनाको हत्या प्रकरणमा शङ्कास्पद व्यक्ति पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं— मुगुमा तीन बालबालिकासहित चार जनाको हत्या गरिएको विषयमा शङ्कास्पद एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकासँग प्रहरीले सोधपुछ जारी राखेको छ । पक्राउ परेकाको परिचय प्रहरीले गोप्य राखेको छ। हत्या घटनाको अनुसन्धानको लागि तालिम प्राप्त कुकुरसहित प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली खटिएको छ।

शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।

घटना बुधबार बेलुका नै घटेको र प्रहरीले ढिला गरी थाह पाएका कारण पनि अनुसन्धानमा कठिनाइ भइरहेको अनुसन्धान संलग्न प्रहरी अधिकृतहरूको भनाई छ। शव जिल्ला अस्पतालमा ल्याइएको भए पनि पोस्टमार्टम भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖