• Monday 5th of October 2026

यस्ता व्यक्तिले भूलेर पनि नखानुहोस् सोयाबिन, नत्र…


  • धनकुटा खबर
  • .

काठमाडौँ । आजकाल मसल्स बनाउन र तौल कम गर्ने डाइट प्लानमा मानिसहरु प्रोटिन सप्लिमेन्टको रुपमा खानामा सोयाबीन समावेश गर्ने गर्छन्। यसलाई दैनिक खाने पनि गर्छन्। सोयाबीनमा दुध, अण्डा र मासुमा भन्दा धेरै प्रोटिन पाइन्छ।

तर एमिनो एसिड, क्याल्सियम र फाइबरले भरपुर सोयाबीन थुप्रैका लागि हानिकारक पनि हुनसक्छ। हाइपरटेन्शनदेखि मृगौलासम्मको रोगलाई यसले थप वृद्धि गर्नसक्छ।भारतकी डाइटिशियन एवं न्यूट्रिशियन एक्सपर्ट ज्योती शर्माका अनुसार सोयाबीनबाट हुने एलर्जी गहुँका उत्पादन

(ग्लूटेनको एलर्जी) बाट हुने एलर्जीको तुलनामा धेरै हुन्छ। केही रोग भएका व्यक्तिले यसको सेवन गरे थप समस्या निम्त्याउन सक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं :

मुटु रोग
यदि तपाईंलाई कुनै प्रकारको मुटु रोग छ भने सोयाबीन नखानुहोस् । अनुसन्धानका अनुसार यसमा ट्रान्स फ्याट कम हुन्छ जुन मुटुका लागि राम्रो मानिँदैन । यसले हाइपरटेन्सन बढाउने काम पनि गर्दछ । गर्भवती महिला डा शर्माका अनुसार सोयाबीनमा एमिनो एसिड हुन्छ जसले शिशुको विकास रोक्ने काम गर्दछ । त्यसकारण गर्भवती महिलाले यसको सेवन गर्नुहुँदैन।

मृगौलाको समस्या हुँदा मृगौलाको काम प्रोटिनलाई फिल्टर गर्नु पनि हो र सोयाबीनमा भरपुर मात्रामा प्रोटिन पाइन्छ। यस्तोमा जुन व्यत्तिलाई मृगौलासम्बन्धि रोग छ उनीहरुले सोयाबीन निकै कम मात्रामा खानुपर्छ। थाइराइडका बिरामीले सोयाबीनमा पाइने केही एमिनो एसिडले हर्मोनलाई प्रभावित गर्दछ । सोयाबीन थाइराइडसँग जोडिएको थाइरोक्सिन हर्मोनलाई कम वा वृद्धि गर्छ । यसले थाइराइडलाई बढाउने गर्दछ । त्यसकारण थाइराइडका बिरामीले सोयाबीनबाट टाढै रहनुपर्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖