• Thursday 8th of October 2026

सवारी चालकले अब लाइसेन्स बोक्न नपर्ने !


  • धनकुटा खबर
  • .

काठमाडौँ । सवारी चालकले अब साथमा सवारी अनुमति पत्र (लाइसेन्स) बोक्नु नपर्ने भएको छ । त्यसका लागि नागरिक एपमा आफ्नो लाइसेन्स विवरण राख्नुपर्छ ।

ट्राफिक प्रहरीले राख्ने चेक प्वाईन्टमा चालकले लाइसेन्स देखाएपछि मात्रै छाड्ने गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्र प्रसाद सुवेदीका अनुसार ट्राफिक नियम उल्लंघन नगरेको अवस्थामा मात्रै नागरिक एपमा राखेको लाइसेन्स विवरण काम लाग्छ । चालकले ट्राफिक नियम उल्लंघन गरेको अवस्थामा भने सामान्य अवस्थामा झैँ कारबाही हुने जानकारी सुवेदीले दिए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र प्रसाद भट्टले सवारी चालक लाइसेन्स प्राप्त हो वा होइन भनेर जानकारी लिन मात्रै यो सुविधा दिइएको बताए । ‘खासमा सडकमा लाइसेन्स नै नबोकी पनि सवारी हाँक्ने चालक भेटिन्छन्, जसका कारण दुर्घटना निम्तिन्छन्, यस्ता चालकलाई कारबाहीको दायरामा ल्याउन ट्राफिकले ठाउँठाउँमा आकस्मिक चेक प्वाईन्ट राख्छ,’ भट्टले रातोपाटीसँग भने,‘चेक प्वाईन्टमा लाईसेन्सधारी चालक ट्राफिक नियम उल्लंघन नगरेको अवस्थामा फेलापरे नागरिक एपमा देखाए पुग्छ, बाँकी अन्य कारबाही सामान्य अवस्थाकै अनुसार हुन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖