• Thursday 8th of October 2026

गोली हानी प्रिन्सिपलको हत्या गर्ने एक जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं— बारामा प्रिन्सिपलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित मदरसा टोलमा ३५ वर्षीय रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको घटनामा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।
उनका अनुसार आरोपित कलैयाबाट पक्राउ परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेकाले ती व्यक्तिको परिचय खुलाउन नमिल्ने एसपी काफ्लेले बताए ।

३५ वर्षीय प्रिन्सिपल स्वर्णकारको सोमबार दिउँसो गोली हानेर हत्या भएको हो । नम्बर नखुलेको २ वटा मोटरसाइकलकमा आएका ४ जनाको समूहले रूपेशमाथि गोली प्रहार गरेका थिए ।

घटनास्थलबाट प्रहरीले पेस्तोलमा लाग्ने गोलीको ४ वटा खोका बरामद गरेको छ । खाजा लिई स्कुलतर्फ जाँदै गर्दा बाल एकता बोडिङ स्कुलका संचालक तथा प्रिन्सिपल रूपेशमाथि गोली प्रहार भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖