• Thursday 8th of October 2026

प्रधानाध्यापक सर्राफको हत्या अभियोगमा पूर्व शिक्षिका पक्राउ


  • धनकुटा खबर
  • .

कलैया उपमहानगरपालिका-६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सन्चालक तथा प्रधानाध्यापक ’गुड्डु’ भनिने रुपेश सर्राफको हत्या अभियोगमा साेही स्कुलमा अध्यापन गराउने एक पूर्व शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको तीन घटना नबित्दै बारा प्रहरीले पूर्व शिक्षिकालाई कलैया बजारबाट पक्राउ गरेको हो। प्रहरीले उनको नाम भने खुलाएको छैन। पक्राउ परेकी ती महिला पहिला सोही स्कुलमा पढाउने गरेकी र सरार्फसँग नजिकको सम्बन्ध रहेको प्रहरी स्रोतले बताएको छ।

पक्राउ परेकी उक्त महिलाको सरार्फको हत्यामा ठुलो हात हुनसक्ने अनुमान गरिएको बाराका प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।

सोमबार दिउँसो सरार्फ माथि गोली प्रहार भएपछि कलैया बजार, भारतसँग सिमाना जोडिएका नाकाहरुमा कडा सुरक्षा व्यवस्था गरिएको थियो। पक्राउ परेकी महिलासँगको बयान पछि हत्या गरिनुको कारणहरु पत्ता लाग्ने सक्ने उनले बताए।

बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार सरार्फमाथि सोमबार दिउँसो करिब पौने १ बजेको समयमा मदार्श टोलमा गोली प्रहार भएको थियो।

बाल एकता बोर्डिङ स्कुलबाट सरार्फ खाजा किन्न कलैया बजारमा रहेको अन्पुर्ण भेजिटेरियल होटलबाट गएका र होटलबाट फर्कँदै गर्दा उनीमाथि दुई वटा मोटरसाइकलमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार चार जनाको समूहले गोली प्रहार गरेको उपरीक्षक काफ्लेले बताए।

छातीमा गोली लागेर घाइते भएका सरार्फलाई सुरुमा कलैया प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि वीरगन्ज स्थित वयोधा अस्पतालमा लगिएको थियो। बयोधा अस्पतालका चिकित्सकले उनलाई मृत घोषण गरेका थिए।

दोषीलाई कारबाहीको माग गर्दै कलैयामा प्रदर्शन

रुपेश सरार्फको हत्यारालाई कारबाहीको माग गर्दै कलैयाको भरतचौकमा प्रदर्शन गरिएको छ।

कलैयाका स्थानीय, राजनीतिक दल लगायतले दोषीलाई कारबाहीको माग गर्दैै टायर बालेर प्रदर्शन गरेका हुन्।-उपेन्द्र यादव/नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖