• Thursday 8th of October 2026

तारा बरालविरुद्ध मुद्दा दर्ता


  • धनकुटा खबर
  • .

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता भएको छ ।

सुर्खेत स्थायी ठेगाना भई हाल काठमाडौँ बस्ने टीका योगीले आफूविरुद्ध अनर्गल प्रचार गरेको भन्दै आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी हुन् । बलराम बोगटी वारेसमार्फत् सीएन १५५९ नम्बरमा दर्ता गराइएको फिराद पत्रमा आफ्नो सामाजिक तथा राजनीतिक प्रतिष्ठामा आँच पुग्नेगरी बरालले समाजिक सञ्जालमा स्टाटस लेखेको र म्यासेज पठाएको उल्लेख छ ।

‘विपक्षीलाई अरुको मान, सम्मान र प्रतिष्ठामा आँच आउने गरी बोल्न लेख्न हुँदैन, गाली गर्नु हुँदैन र झूठा आरोप लगाउनु हुँदैन भन्ने थाहा छ तर, म एक महिला अभियान्ताको भएकोले कसैले केही कारवाही गर्न सक्दैन, म प्रहरी प्रशासनसँग डराउन्न भनी म जस्तो प्रतिष्ठित महिला उपर एकदमै झूठा लान्छनाको शब्दहरु आफ्नो फेसबुक आइडीमार्फत प्रकाशन गरी मेरो सामाजिक, राजनीतिक प्रतिष्ठामा आँच आउने भाष स्टाटसमा राख्नु भएको छ’, फिराद पत्रमा भनिएको छ, ’जसबाट मेरो इज्जतमा प्रत्यक्ष असर परेको, सोही ब्यहोरा लेखी फोनबाट एस.एम.एस. समेत गर्नुभएको छ । विपक्षीले गरेको कार्यको प्रमाण तपसिलमा पेश गरेको छु । मेरा तपसिलका साक्षी प्रमाण समेतले पुष्टि हुनेछ । विपक्षीले गाली बेइज्जती कसूरको सजायभागी कार्य गर्नु भएको छ ।’

उक्त मुद्दाको तारिख ८ मंसिरमा तोकिएको छ । सामाजिक अभियन्ता भनिए पनि उग्र स्वभाव र अराजक व्यवहारका कारण चर्चा र विवादमा आइरहने बराल हाल राजावादी आन्दोलनमा सक्रिय छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖