• Thursday 8th of October 2026

इकु सहित जुवा खालबाट ९ जना कलाकार पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं— जुवातास खेलेको आरोपमा प्रहरीले काठमाडौंको मैतीदेवीबाट केही कलाकारलाई पक्राउ गरेको छ ।

शनिबार राति मैतीदेवीको डान्स फिभर नामक डान्स ट्रेनिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीको सिंहदरबार वृत्तले अभिनेता ४५ वर्षीय गजित भन्ने गणेश विष्ट, उनका भाइ कोरियोग्राफर नरेन्द्र विष्ट (गम्भीर), कलाकार सुलेमान शंकर (इकु), अभिनेता शंकरप्रसाद आचार्य, गायक चक्र बमलगायत ९ जनालाई पक्राउ गरेको हो ।

यस्तै रोशन सिंह, टाइम मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारी पक्राउ परेका हुन् ।

उनीहरूलाई जुवा ऐन अन्तर्गत हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ । उनीहरूलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।

उनीहरूबाट प्रहरीले एक लाख ९० हजार ९२० रूपैयाँ बरामद गरेको छ । उनीहरूलाई शनिबार नै पक्राउ गरेको भए पनि सार्वजनिक गरिएको थिएन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖