• Monday 5th of October 2026

प्रभासको परिवार चाहन्छ अनुष्कासँग विवाह


  • धनकुटा खबर
  • .

काठमाडौँ । बाहुबली अभिनेता अहिलेसम्म अविवाहित छन् । गत महिना प्रभासले आफ्नो ४४ औँ जन्मदिन मनाएका थिए ।

अभिनेताको फिल्म र करियर बाहेक उनको व्यक्तिगत जीवनमा पनि फ्यानहरू निकै चासो राख्छन् ।

फिल्म ‘बाहुबली’ पछि प्रभास र अनुष्का शर्माको अफेयर र डेटिङको खबर निकै भाइरल भएको थियो ।

तर प्रभास अहिले सिङ्गल रहेको र अनुष्कालाई डेट नगरेको खुलासा भएको छ ।

केही मिडिया रिपोर्टका अनुसार प्रभासको परिवार अनुष्कासँग बसोस् भन्ने चाहन्छ ।

तर, प्रभास र अनुष्काबीचको सम्बन्ध मित्रतामा सीमित छ । उनीहरू यसलाई नै निरन्तरता दिन चाहन्छन् ।

बाहुबली फिल्मले उनको करियरलाई नयाँ उचाइमा पुर्‍यायो । यतिबेला अभिनेता आफ्नो आगामी फिल्म ‘सलार’ लाई लिएर चर्चामा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖