• Monday 5th of October 2026

के इजरायलले बन्धकहरूको बदलामा प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्छ ?


  • धनकुटा खबर
  • .

काठमाडौं । हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरी सयौं मानिसको हत्या गरेपछि गाजामा करिब २०० जनालाई बन्धक बनाएको थियो ।

त्यसपछि इजरायलले गाजामा बमबारी गर्न थाल्यो। इजरायली जेलमा रहेका प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गर्न प्रस्ताव गर्नु हमासले इजरायलका मानिसहरूलाई बन्धक बनाएको पछाडिको उद्देश्य रहेको बताइएको छ।

इजरायली जेल सेवाको तथ्यांकलाई उद्धृत गर्दै इजरायली गैरसरकारी संस्था हमोकेडले अक्टोबरको सुरुमा ५ हजार १९२ प्यालेस्टाइनीलाई इजरायली जेलमा राखिएको बताएको छ ।

जसमध्ये २ हजार ४ सय १० कैदी थिए जसलाई सजाय सुनाइएको थियो । हिरासतमा रहेका १ हजार ४ सय ६३ र बिना सुनुवाई जेलमा एक हजार ३१९ जना रहेका छन् ।

तर, जुलाई ७ यता कैदमा परेका प्यालेस्टाइनीको संख्या बढेको छ ।

प्यालेस्टिनी प्रिजनर्स क्लबका अनुसार इजरायलको कब्जामा रहेको वेस्ट बैंक र पूर्वी जेरुसेलममा १ हजार ६८० जनालाई पक्राउ गरिएको छ ।

योसँगै इजरायलमा बस्न अनुमति पाएका गाजा पट्टीका ४ हजार कामदारलाई पनि पक्राउ गरिएको छ । समग्रमा यो संख्या करिब ११ हजार छ।

सोमबार, इजरायली सेनाले भनेअनुसार द्वन्द्व सुरु भएदेखि ७०० हमास सदस्यहरूलाई वेस्ट बैंकमा गिरफ्तार गरिएको छ।

यसअघि इजरायलले प्यालेस्टिनी सशस्त्र समूह र लेबनानी चरमपन्थी समूह हिजबुल्लाहसँग रहेका कैदीहरूलाई रिहा गर्न सहमत भएको थियो।

इजरायली सिपाही गिलाड शालितको बदलामा १,०२७ कैदीहरूलाई रिहा गर्ने मुद्दा सबैभन्दा बढी चर्चामा थियो।

ती कैदीहरूमा अधिकांश प्यालेस्टिनी थिए। त्यतिबेला पनि बेन्जामिन नेतान्याहु इजरायलका प्रधानमन्त्री थिए ।

कैदीहरूको रिहाई अत्यधिक विवादास्पद थियो किनभने रिहा भएकाहरूलाई लगभग ६०० इजरायलीहरूलाई मारेको आरोप लगाइएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖