• Monday 5th of October 2026

३५ वर्षमै बितिन् अभिनेत्री प्रिया


  • धनकुटा खबर
  • .

दक्षिण भारतीय अभिनेत्री प्रियाको निधन भएको छ।

बुधबार ३५ वर्षिय प्रियाको हृदयाघातका कारण निधन भएको हो। उनी ८ महिनाकी गर्भवती थिइन्। उनी लगातार चेक जाँचको लागि अस्पताल जान्थिन्। अहिले उनको बच्चालाई आइसियुमा राखिएको छ।

अभिनेता किशोर सत्यले आफ्नो सामाजिक सञ्जालमार्फत प्रियाको निधन भएको जानकारी दिएका हुन्। ‘मलयालम टेलिभिजन क्षेत्रमा एक अप्रत्याशित मृत्यु। प्रियाको हिजो हृदयघातका कारण निधन भएको छ। उनी ८ महिनाकी गर्भवती थिइन्। बच्चा आइसियुमा राखिएको छ। उनलाई अन्य स्वास्थ्य समस्याहरू थिएन,’ उनले लेखेका छन्।

प्रियाले मलयालम फिल्मसँगै टेलिशृंखलामा पनि अभिनय गरेकी छन्। उनी पेशाले डाक्टर हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖