• Thursday 8th of October 2026

झाँक्रीको लिला : झारफुक भन्दै मसानघाट लगेर बलात्कार


  • धनकुटा खबर
  • .

धनुषा : धनुषामा महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक झाँक्रीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सबैला नगरपालिका- ११ का ३२ वर्षीय विष्णुदेव ठाकुर रहेका छन्।

ठाकुरलाई बिरामी महिलालाई झारफुक गरी निको पार्ने भन्दै मसानघाट पुर्‍याएर बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताए।

ठाकुरविरुद्ध जवरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए। डीएसपी अवालेका अनुसार गत कात्तिक ५ गते अष्टमीको राति ती महिलालाई झाँक्री ठाकुरले मसानघाटमा लगेका थिए।

भूतप्रेत लागेकोले महिला बारम्बार बिरामी भइरहेको भन्दै झारफुक र तन्त्रमन्त्रका लागि झाँक्री ठाकुरले महिला र उनका श्रीमानलाई मसानघाट लगेका थिए।

मसानघाटमा श्रीमान् बस्न नमिल्ने भन्दै उनले महिलामाथि जबर्जस्ती करणी गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖