• Thursday 8th of October 2026

एउटै प्रेमिकालाई दुई जनाले प्रेम गर्दा भयो सर्राफको हत्या


  • धनकुटा खबर
  • .

सोमबार गोली प्रहार गरी हत्या गरिएका बाराको कलैया उपमहानगरपालिका-६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको यसअघि पनि हत्याको प्रयास भएको खुलेको छ।

उनको हत्यामा मुख्य योजनाकारसहित ६ जना पक्राउ परेपछि यसअघि पनि स्वर्णकारको हत्याको योजना बनेको तथ्य खुलेको हो। पक्राउ पर्नेमा तीनजना भारतीय र तीनजना नेपाली रहेको बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए। उनीहरूले नै दोस्रो प्रयासमा स्वर्णकारको हत्या गर्न सफल भएको बयान दिएका हुन्।

एसपी काफ्लेका अनुसार पक्राउ परेकी एक महिला बाल एकता स्कुलकै पुर्वशिक्षिका हुन्। घटनाबारे सबै तथ्यहरु पत्ता लागिसकेको र पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उनले बताए । अनुसन्धानमा खटिएको एक प्रहरीका अनुसार प्रारम्भिक बयानका क्रममा उनीहरूले गत साउनमा पनि स्वर्णकारको हत्या प्रयास गरेको बताएका छन्। त्यतिबेला स्वर्णकारले भागेर ज्यान जोगाए पनि प्रहरीलाई त्यसबारेमा खबर नगरेको ती अधिकारीले बताए।

‘साउन २८ गते पनि उनलाई कलैयाको होटेलमा गोली हान्ने प्रयास भएको थियो तर उनी उम्केर भाग्न सफल भएका थिए । त्यो घटनाबारेमा प्रिन्सिपलले प्रहरीलाई खबरै गरेनन्,’ घटना अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘घटनाबारे सबै अनुसन्धान सकिएको छ टेक्निकल एनालाइसिस मात्रै गर्न बाँकी छ । घटनामा जम्मा ८ जनाको संलग्नता देखिएको छ।’

प्रहरीले स्वर्णकारको हत्याको कारण ‘मोटिभ’ पनि पत्ता लगाएको छ। यसबारेमा पत्रकार सम्मेलन गरी जानकारी दिने बारा प्रहरीको तयारी छ। सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। प्रिन्सिपल स्वर्णकार दिनहुँजसो खाजा लिन स्कुल नजिकैको बजार जाने गर्थे। चाउमिन लिएर स्कुल फर्किँदै गरेका बेला स्वर्णकारमाथि उनीहरूले गोली चलाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖