• Monday 5th of October 2026

आँखा किन फर्फराउँछ ? कसरी रोक्ने ?


  • धनकुटा खबर
  • .

कहिलेकाहीँ मानिसहरुको आँखा अचानक फर्फराउन थाल्छ । आँखा फर्फराएपछि शुभ/अशुभहुने भावनामा बहकिन्छन्- मान्छेहरु । पुरुषको दाहिने र महिलाको देब्रे

आँखा फर्फराउनुलाई शुभ मान्ने गर्छन् मानिसहर

अझ आँखा फर्फराउँदा ज्योतिष शास्त्रसँग जोडेर मानिसहरु दाहिने आँखा फर्फराउँदा

शुभ हुने, देब्रे फर्फराउँदा अशुभ हुने आदि इत्यादि फलादेश गर्छन् । वास्तवमा

यो भ्रम मात्रै हो ।
ज्योतिष शास्त्रले यस्ता विषयको फलादेश गर्दैन । ज्योतिषशास्त्रले मानिसहरुको भूत, वर्तमान र भविष्यको बारेमा फलादेश त गर्छ । तर कुनैन कुनै आधारलाई टेकेर मात्र ।

सद्धान्त ज्योतिषबाट आकाशीय पिण्डहरुको गति, दूरी लगायत वर्षको गणना गरिन्छ ।भने फलित ज्योतिषमार्फत फलादेश गरिन्छ ।

फलित ज्योतिषबाट फलादेश गर्दा केही नकेही तथ्यमा आधारित रहेर नै गरिने हुँदा उसका जीवनका विविध घटनाहरुको बारेमा

जानकारी पत्ता लगाउन सकिने हो।
तर, आँखा फर्फराउनु भनेको सामान्य बुझाइमा स्वास्थ्यको समस्या हो । आँखावरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउने चिकित्सकहरु बताउँछन् ।

यसका केही कारणहरु यस्ता छन् । थकान र तनावका कारण आँखा फर्फराउँछ । तनाव कम गर्न सक्नुभयो भने आँखा फर्फराउनबन्द हुन्छ । राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउँछ ।

त्यस्तै,धेरै मादक पदार्थ सेवन गर्दा पनि आँखा फर्फराउँछ । धमिलो बत्तीमा काम गर्दा तथालामो समयसम्म कम्प्युटरमा काम गर्दा पनि आँखा फर्फराउँछ ।

आँखा फर्फराउँदा रोक्नको लागि प्रशस्त मात्रामा पानी पिउनुपर्छ । शरीरलाई आरामहुनेगरी सुत्नुहोस्

आँखाको मसाज गर्नुहोस् । आँखीभौंलाई ३० सेकेन्डसम्मझिम्क्याउनुहोस् । एक हप्ताभन्दा बढी समयसम्म पनि आँखा फर्फराइरह्यो भने आँखासम्बन्धी केही समस्या हुने भएकाले चिकित्सकको परामर्शमा जानु उपयुक्त हुन्छ

।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖