• Thursday 8th of October 2026

आत्मसमर्पण गरेपछि रिगलले यसो भने…


  • धनकुटा खबर
  • .

बांके । बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका योगराज ढकाल (रिगल) ले न्यायलयको सम्मान गरेको बताएका छन्।

आत्मसमर्पण गर्नुपूर्व सञ्चारकर्मीहरुसंग कुरा गर्दै रिगलले न्यायलयको उच्च सम्मान गर्दै आत्मसमर्पण गरेको बताएका छन्।

उनले भने, ‘मैले कैदा कटा गरेर आउँदा पनि फेरि मै माथि न्यायलय उल्टिनु षडयन्त्रको खेल हो। तै पनि म यसको सम्मान गरेर आफूलाई आत्मसमर्पण गर्छु र न्यायलयमाथि पुन पनि विश्वास र आस्था राख्दै आत्मसमर्पण गर्दछु।’

सर्वोच्च अदालतले बिहीबार रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको छ। सर्वोच्च अदालतले परमादेश दिएसंगै रिगलले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्दै सर्वोच्च अदालतले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको थियो।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।-अर्जुन ओली/नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖