• Thursday 8th of October 2026

अब भ्रमण भिसाले ओमानमा काम गर्न नपाइने


  • धनकुटा खबर
  • .

काठमाडौँ । मध्यपूर्वको देश ओमानमा अबदेखि भ्रमण भिसामा गएकाले भिसा परिवर्तन गरेर काम गर्ने भिसा लगाउन नपाइने भएको छ ।

ओमानस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गर्दै कात्तिक १४ वा अक्टोबर ३१ देखि भ्रमण भिसामा ओमानमा आएका आप्रवासीले भिसा परिवर्तन गरेर काम गर्न नपाउने नियम लागु गरेसँगै भ्रमण भिसामा गएर काम नपाइने भएको हो ।

यसअघि भ्रमण भिसामा जाने र त्यहाँ पुगेपछि काम गर्ने भिसा लगाउने सक्ने भए पनि ३१ अक्टोबरदेखि भिजिट भिसामा गएकाले काम गर्ने भिसा नपाउने कडा नियम ओमान सरकारले लागु गरेको छ ।

दूतावासको सूचनामा भनिएको छ, “भ्रमण भिसामा आएर त्यो भिसाको क्याटगरी परिवर्तन गरी काम गर्ने भिसा लिन नपाउने नियम लागु भएको छ । भ्रमण भिसामा ओमान आउने र पठाउने दुवै सचेत हुनुहोस् ।”

दूतावासले काम पाउने आसमा भ्रमण भिसामा नआउन सबैलाई आग्रह गरेको छ । घुम्ने पर्यटकका लागि भ्रमण भिसा जारी हुने र त्यो प्रयोजनमा आएका विदेशी नागरिकले अब भिसा परिवर्तन गरेर पहिले जस्तो काम गर्न पाउँदैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖