• Friday 9th of October 2026

अभियन्ता तारा बरालले गरिन् पूर्व एआईजी रणबहादुर चन्दसँग विवाह गर्ने लिखित सहमति


  • धनकुटा खबर
  • .

काठमाडौं । अभियन्ता तारा बराल र नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्दबीच बिहे गर्ने सहमति भएको छ । उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजात समेत गरिएको छ । चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन् ।

यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । उनीहरूले कानुनी रूपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् ।
तीन जनालाई साक्षी किनारामा राखेर उनीहरूले गरेको सहमतिको कागजमा पछिल्लो समय आफूहरूलाई जोडेर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएपछि विवाह गर्ने निर्णयमा पुगेको बताइएको छ । छिट्टै आवश्यक कागजातको तयारीपछि विवाह गर्ने उनीहरूको सहमति छ ।

‘लिखितम् कागज गरिदिनेको नाम लोकबहादुर चन्दका नाति खडक बहादुर चन्दका छोरा काठमाडौँ जिल्ला वडा नम्बर ५ टंगाल बस्ने वर्ष ५९ को रणबहादुर चन्द आगे ऋषिराम बरालकी नातिनी, बुद्धिप्रसाद बरालकी छोरी चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १२ मालपोत चोक घर भई हाल काठमाडौँ बानेश्वर बस्ने वर्ष ४२ कि तारा बरालसँग विवाह गर्ने सहमति गरियो’, दुवैले ल्याप्चेसहित दस्तखत गरेको कागजमा लेखिएको छ ।

दुवैले आफूहरू विवाहित भए पनि हाल एकल रहेको जनाएका छन् । कागजमा उल्लेख भएअनुसार रणबहादुरको २०४१ सालमा शारदा चन्दसँग विवाह भएकोमा २०६२ को दुर्घटनामा उनको निधन भएपछि उनी एकल छन् । त्यस्तै, बरालसँग २०५६ मा बिहे गरेका गणेश गौतमको २०७६ मा दुर्घटनामा मृत्यु भएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖