• Thursday 8th of October 2026

रिगललाई बाँके अदालत लगियाे


  • धनकुटा खबर
  • .

बाँके, कात्तिक १७ । जिल्ला प्रहरी कार्यालय बाँकेले रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालत बाँकेमा उपस्थित गराएको छ ।

बिहीबार नेपालगन्जको सेतु विक चोकबाट पक्राउ परेका रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर केहीबेर अगाडि बाँके अदालतमा बुझाएको हो ।

बाँके प्रहरीका सूचना अधिकारी डिएसपी नारायण डाँगीले रिगललाई १० बजे अदालत खुल्ने बित्तिकै पठाएको जानकारी दिए । अब अदालतले उनलाई कारागार पठाउने छ।

संविधान दिवसका दिन राष्ट्रपतिबाट माफी पाएपछि रिगल छुटेका थिए। चेतनकी श्रीमती भारती मानन्धरले आममाफी बदरको माग गरेर सर्वोच्च गएपछि अदालतले आममाफीलाई उल्ट्याइदिएको थियो। आदेश लगत्तै रिगललाई पक्राउ गरिएको हो ।

अदालतले कर्तव्य ज्यानमुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी परमादेश दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖