• Thursday 8th of October 2026

धनकुटाको महालक्ष्मीबाट बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटाको महालक्ष्मी नगरपालिका–५ बाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय रामबहादुर कटुवाल छन् ।

कटुवालले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । घरमा कोही नभएको अवसर पारेर बालिकालाई बलात्कार गरेको सूचना पाएपछि प्रहरी चौकी लेगुवाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖