• Thursday 8th of October 2026

रामेछापमा कुटाकुट गरेका दुई पाइलट प्रहरी कार्यालयबाट अंकमाल गरेर फर्किए


  • धनकुटा खबर
  • .

रामेछापको मन्‍थली विमानस्थलमा शुक्रबार बिहान कुटाकुट गरेका दुई पाइलटले मिलापत्र गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापमा पुगेर दुई पाइलटले मिलापत्र गरेको डिएसपी होमबहादुर पराजुलीले जानकारी दिए।

शुक्रबार बिहान मन्थली विमानस्थलमा तारा एयरका वरिष्ठ क्याप्‍टेन सन्तोष शाह र सोही एयरका अर्का क्याप्टेन सञ्जीब श्रेष्ठबीच कुटाकुट भएको थियो।

शाहले हात मिलाउन खोज्दा श्रेष्ठले धकेलेको भन्दै कुटाकुटको स्थिति बनेको थियो। त्यसपछि विमानस्थलमा रहेका अन्य क्रूले उनीहरूलाई छुटाएको थियो।

यो घटना बाहिरिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दुबै पाइलटलाई निलम्बन गरेको छ।

त्यसपछि क्याप्टेन शाह कारबाही गरी पाउँ भन्दै ठाडो निवेदन लिएर जिल्ला प्रहरी कार्यालय रामेछापमा पुगेका थिए। उनी कार्यालय पुगेपछि प्रहरीले श्रेष्ठलाई पनि बोलाएको थियो।

घटनापछि पाइलट श्रेष्ठ लुक्ला पुगिसकेका थिए। त्यहाँबाट फर्किएर उनी प्रहरी कहाँ पुगेसँगै छलफल भएको डिएसपी पराजुलीले बताए।
‘उजुरी परेपछि हामीले दुबै जनालाई बोलाएर छलफल गरायौं।

दुर्घटनावश त्यो घटना भएको र आफूले जानाजान आफ्ना गुरू जस्ता व्यक्‍तिलाई धकेल्ने काम नभएको बताउनुभयो,’ डिएसपी पराजुलीले भने, ‘उहाँहरूले मिलापत्र गरेर अंकमाल गरी फर्किनुभयो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖