काठमाडौँ । भारतीय अलराउण्डर हार्दिक पाण्डेय जारी आइसीसी क्रिकेट विश्वकपबाट बाहिरिएका छन् ।
बंगलादेशविरुद्धको खेलमा बलिङ गर्नेक्रममा एन्कलमा चोट लागेपछि घाइते भएका हार्दिक अब विश्वकपमा नफर्किने भएका हुन् । उनले गरेको रिकभरी प्रयास प्रयाप्त नभएकोले भारतीय क्रिकेट बोर्डले उनको ठाउमा अर्को खेलाडी भित्र्याउने तयारी गरेको छ ।
भारतले हार्दिकको ठाउमा तिब्र गतिका बलर प्रसिद्ध कृष्णलाई टिममा समावेश गर्न विश्वकपको प्राविधिक समितिमा अनुरोध गरिसकेको र आजै स्वीकृति पाउने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
पाण्ड्याको अनुपस्थितिमा भारतले त्यसपछिका खेलमा प्लेइङ इलेभेनमा सूर्यकुमार यादव र मोहम्मद शामीलाई समावेश गर्दै आएको छ ।
पाण्डेय विश्वकपबाट बाहिरिएपछि भारतलाई ठुलो झट्का लागेको छ । जारी क्रिकेट विश्वकपमा भारतले लगातार ७ खेल जितेर सेमिफाइनलमा भने पुगिसकेको छ ।
