• Monday 5th of October 2026

बिग बोस छोड्न चाहन्छु भन्दै रोइन् मन्नारा


  • धनकुटा खबर
  • .

बिग बोस १७ ले हरेक दिन नयाँ मोड लिइरहेको छ । हरेक दिन नयाँ नयाँ कुरामा झगडा भइरहेको छ । कोही न कोही प्रतियोगीबीच झगडा परिरहेको हुन्छ ।

कार्यक्रममा मित्रता कतिबेला दुश्मनीमा परिवर्तन हुने हो भन्नै सकिँदैन । शो मा सबैभन्दा पहिला साथी बनेका मन्नारा चोपडा र मुनन्वर फारुकी बीच अब दरार आइसकेको छ । मन्नारा रोएको भिडियो भाइरल भइरहेको छ ।

उक्त प्रोमो भिडियोमा मन्नारा धेरै नै रोइरहेको तथा बिग बोसको घर छोड्न चाहेको बताएकी छन् भने अन्य सदस्य उनलाई सम्झाउने काममा लागिरहेका छन् । खासगरी बिग बोसको यो एपिसोडमा पहिलो टास्कमा नै केही व्यक्तिले गडबडी गरे । त्यसपछि मन्नारा रुन थाल्छिन् र बिग बोससँग कन्फेशन रुममा बोलाउन समेत भन्छिन् ।

उनले भनिन्, “बिग बोस, म कन्फेशन रुममा आउन चाहन्छु र शो बाट बाहिर निस्कन चाहन्छु ।” उनी रुनुको पछाडिको कारण भने बुझिएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖