• Thursday 8th of October 2026

मामा घर गएका सल्यानका ३ जनाको भुकम्पमा परि मृत्यु


  • धनकुटा खबर
  • .

सल्यान । जाजरकोट केन्द्र भएर गए राति गएको भूकम्पमा परी सल्यानका तीनजनाको मृत्यु भएको छ। जिल्लाको दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिका घर भई मामाघर रुकुम पश्चिम गएका तीनजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा दार्मा गाउँपालिका–६ मलिवाङ निवासी २५ वर्षीया भूमिका मल्ल र उनका ४ वर्षीय छोरा लेखनाथ मल्लको रुकुम पश्चिम आठबीसकोट नगरपालिकामा भूकम्पमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

यस्तै जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–४ गर्चेका ३ वर्षीय वासुदेव बुढाको मृत्यु भएको छ । आमासँगै मामाघर रुकुम पश्चिम आठबीसकोट नगरपालिका पीपलचौर गएका उनको भूकम्पमा परी मृत्यु भएको हो। आमा भद्रकला देवकोटा बुढा भने घाइते भएकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖