• Friday 9th of October 2026

दुर्गा प्रसाईंलाई प्रहरीले गर्‍यो सोधपुछ


  • धनकुटा खबर
  • .

नेपाल प्रहरीको साइबर ब्यूरोले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सोधपुछ गरेको छ।

प्रसाईंलाई आइतबार दिउँसो भोटाहिटीस्थित साइबर ब्‍यूरोमा बोलाएर केहीबेर सोधपुछ गरिएको प्रहरीले जानकारी दिएको छ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले अनुसन्धान अधिकृतले केही विषयमा बुझ्नका लागि प्रसाईंलाई बोलाएको बताए।

‘केही कुरा भेरिफाइ गर्नुपर्ने भएकाले अनुसन्धान अधिकृतले बोलाउनुभएको थियो,’ उनले भने। के विषयमा प्रसाईंसँग सोधपुछ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन।

साइबर ब्यूरोबाट फर्किएपछि प्रसाईंले आफूले धेरै बोलेकाले प्रहरीले नबोल्न आग्रह गरेको बताए।

‘मलाई पक्रेर बाहिर गएका युवाहरू फर्किएर आउँछन् भने थुन्नु भनेको छु। बोल्दाखेरि तपाईंको भाषाले देशको माहोल बिग्रिँदैछ भनेर उहाँहरूले भन्नुभयो। गरिबको भाषा बोलेको हुँ भनेर मैले भनेँ,’ प्रसाईंले पत्रकारहरूसँग भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖