काठमाडौँ । मोरङको बेलबारीमा रहेको आरजु राइस मिलले भूकम्प पीडितलाई १० हजार किलो चामल सहयोग गरेको छ ।
बिज्ञापन
आइतवार १२ लाख रुपैयाँ बराबरको २० केजीको ५०० बोरा चामल बेलबारी नगरपालिकालाई बुझाइएको आरजु राइस मिलका मार्केटिङ प्रमुख सुशील प्याकुरेलले बताए ।
विपद्को घडीमा सहयोग गर्नु आफ्नो दायित्व भएको कुरेलले बताए ।
