• Thursday 8th of October 2026

सुरेशको शव ल्याउन कठिनाईपछि कंगोमै दाहसंस्कार


  • धनकुटा खबर
  • .

धनगढी। डोटीका एक जनाको शव ल्याउन कठिनाई भएपछि कंगोमै दाहसंस्कार गरिएको छ। अफ्रिकाको कंगोमा मृत्यु भएका डोटी आदर्श गाउँपालिका–६ अगेडाका २७ वर्षीय सुरेश सिल्लाको १८ दिनपछि हिजो कंगोमा दाहसंस्कार गरिएको छ।

नेपालमा शव ल्याउन कठिनाई भएपछि परिवारको सहमतीमा कंगोमा रहेका नेपालीहरुले त्यही सिल्लाको दाहसंस्कार गरेका हुन् ।मलेरिया र जण्डीसबाट सिकिस्त बिरामी भएपछि कंगोको अस्पताल भर्ना गरिएको सिल्लाको लुवुम्बासी स्थित एक अस्पतालमा आइसियुमा उपचार क्रममा मृत्यु भएको थियो। उनी भारतको मद्रासमा रहेका भारतीय व्यापारी मार्फत त्यहीबाट छ महिनाअघि कंगो पुगेका थिए।

उनी त्यही व्यापारीको घरमा काम गर्दै आएका थिए । सिल्लाको मृत्युपछि ती व्यापारीले ८ लाख भारतीय रुपैया परिवारलाई सहयोग गरेको गैर आवासीय नेपाली संघ कंगोका अध्यक्ष बिष्णु गिरीले बताए। अफ्रिकामा कार्यरत नेपालीहरुले सिल्लाको परिवारका लागि आर्थिक सहयोग जुटाईरहेको समेत अध्यक्ष गिरीले जानकारी दिए। गिरीले परिवारको सहमतीमा सिल्लाको कंगोमा दाहसंस्कार गरिएको बताए । मृतक सिल्लाकी पत्नी र डेढ वर्षका छोरा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖